५ माघ २०७८, बुधबार

Jan 19, 2022

Advertisement

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ७८ औं श्रृंखलामा पुगेको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ ।

कोभिड—१९ को प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय रुपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

बुधबार तिलोत्तमाको वडा नं. १ को शिवटोलमा नगरस्तरीय सरसफाई गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष तामानाथ पाण्डेयलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानी पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरुको आग्रह छ ।

सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पारे । सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै उहाँले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गरे । सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डेयलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पारे ।

प्रतिकृया दिनुहोस्

Flash News

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन