ताजा अपडेट »

सिन्धुपाल्चोकमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ११ पुग्यो

शुक्रबार, २४ असोज २०७६, १६ : ०६
4 Shares

असोज २४,
काठमाण्डौं । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा परि ४० भन्दा बढी घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइतेको पहिचान खुलिसकेको छैन ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटना शुक्रबार बिहान ९ः५५ मा भएको जिल्ला प्रहरीका कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।