१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

Advertisement

प्राविधिक रुपमा जडान भएका सामाग्रीको अवस्था जाँच गर्ने, ग्राउण्ड अवस्था मिलाउने जस्ता काम गरिने क्यालिब्रेसन उडान ३० घण्टा भन्दा बढी हुने प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका प्राविधिक, विमानस्थल निर्माण कम्पनीका प्राविधिक र एरो थाईका प्राविधिकहरुबीच छलफल शुरु भएको क्षेत्रीले जानकारी दिए । विभिन्न प्रविधि जडित छुट्टै जहाजबाट गरिने उक्त उडानबाट जहाजको अवतरण र टेकअफ रुटको सबै फ्रिक्वेन्सी तय गर्ने प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेसन उडानपछि तत्कालै परीक्षण उडान सम्पन्न गरी थप नियमित उडानको तालिका सार्वजनिक गर्ने तयारी थालेको समेत उनले जानकारी दिए । विमानास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित आर्थिक वर्ष २०७२/०७३ मा शुरु भएको थियो । करिब ३१ अर्ब रूपियाँ लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरस महामारीले निर्माणमा ढिलाइ भएको थियो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु गरेको छ ।

यी निर्माण चरणमा रहेको तीन अन्तराष्ट्रियस्तरका विमानस्थल निर्माणसँगै नेपालमा अन्तराष्ट्रिय उडानका लागि सहजता हुने भएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएका छन् ।

यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तराष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् । हाल नेपालमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । नेपाल एयरलाइन्स, यती, श्री, बुद्ध, सौर्य, तारा, समिट, सीता, गुण एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् ।-छेटु शेर्पा/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते