ताजा अपडेट »

संविधान संशोधन गरेर सबैको अपनत्व कायम गरः डा.यादव

शुक्रबार, २४ असोज २०७६, १५ : ५२
6 Shares

असोज २४,
काठमाण्डौं । पूर्व राष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । राजधानी काठमाडौंमा सुरु प्रथम अन्तराष्ट्रिय तमु सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीकि दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैले अपनत्व महसुस गर्ने गरी संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड थियो ।

संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने उनले चेतावनी दिए । उनले संविधान संशोधनतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्‍यानुपर्ने धारणा राखे । उनले राजनीतिक दलहरुले विवेक पुर्‍याएर संविधान संशोधनमार्फत् संविधानमा रहेका अपूर्णताहरुलाई पूर्णतातर्फ लैजान सुझाव दिए । समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातीकोबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरिन् । उक्त सम्मेलन शनिबार सम्म चल्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।