१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

असोज २४,
काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्। अगस्ट महिनामा दिल्लीले भारत प्रशासित कश्मीरको संवैधानिक हैसियत बदल्ने निर्णय लिएपश्चात् उत्पन्न तनावका माझ सम्मेलन हुँदैछ। यसैसाताको सुरुमा चीनले भारत तथा उसको रणनीतिक साझेदार पाकिस्तानलाई वार्तामार्फत् कश्मीर विवाद समाधान गर्न आह्वान गरेको थियो। भारतले भने चीनलाई उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको थियो।

दुवै नेता आर्थिक सम्बन्ध बढाउन तथा आपसी आशङ्का निवारण गर्न चाहन्छन्। गत वर्ष चीनको वुहानमा भएको उस्तै अनौपचारिक बैठकले यी दुई देशबीचको जटिल सम्बन्धलाई नयाँ मोड दिन खोजेको थियो। तर यसपालीको भेटमा कश्मीर विवादको विषय छायामा पर्नसक्ने ठानिएको छ। भारत आउनु ठीक अगाडि चिनियाँ राष्ट्रपति सी ले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए। भारत र पाकिस्तानबीच कश्मीर विवाद चर्किरहेको बेला उक्त भेटघाट भएको हो। ती भेटघाटमा चीनले कश्मीरलाई एक विवादित मुद्दा भन्दै त्यसको समाधान शान्तिपूर्ण ढङ्गबाट संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषदले स्विकृत गरेका प्रस्ताव तथा द्विपक्षीय सम्झौताका आधारमा गरिनुपर्छ भनेको छ।

बीबीसी हिन्दी आफ्नो रिपोर्टमा लेख्छ, ‘एकातर्फ चीन कश्मीर मुद्दामा लगातार चीनको पक्षमा छ भने अर्कोतिर भारतसँग व्यापारिक सम्बन्ध बलियो बनाउने प्रयासमा पनि ऊ लागेको छ।’ भारतको भ्रमण सकेर शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डू आउँदैछन्।- बीबीसी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्