ताजा अपडेट »

एक्सपर्ट मेशनक्लब योजनामा आबद्ध निर्माण व्यवसायीलाई वृजको उपहार

मंगलबार, ३० कार्तिक २०७८, १८ : १६
2 Shares

बुटवल । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले निर्माण व्यवसायीहरुलाई एक्सपर्ट मेशनक्लबमा आबद्ध गरि आफ्ना उत्पादनहरु खरीद गर्नेहरुलाई उपहार प्रदान गरेको छ । वृजको एक्सपर्ट मेशन क्लब योजना अनुरुप विभिन्न चरणमा निर्माण व्यवसायीहरुलाई उत्पादन खरिदको आधारमा त्यस्ता उपहारहरु प्रदान गरेको हो ।

क्लबको योजना अन्तरगत मेशनहरु रुपन्देही तिलोत्तमाको सागर ट्रेडीङ्का घम बहादुर थापा, बुटवल कालिकानगरको मणिमुकुन्द सप्लायर्सका हिरा बहादुर थापा, बुटवल नयाँगाउँको भुचन्द्र हार्डवयरका प्रकाश शर्मा, तिलोत्तमा प्रगतीनगरको सापकोटा हार्डवयरका बुद्धध्वोज खत्री, तिलोत्तमा कोटिहवाको भैरव हार्डवयरका खडक बहादुर दर्लामी, कपिलवस्तु जितपुरको बहुमुखी मल्टी टेडिङ्का तिलक राम पौडेल र कपिलवस्तु ४ नम्बरकै साथीको हार्डवयरका राजकुमार थारुलाई ३२ इन्चको स्मार्ट टिभि वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बृजको योजनाअनुसार मोवाइल समेत वितरण गरिएको छ ।

कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलका अनुसार वृज सिमेन्ट इण्डष्ट्रिज प्रा।लि। अन्तर्गतकाकुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पिपिसि/ओपिसि/पिसिसि एक बोरा सिमेन्टको खरीदमा ४ अंकप्राप्त गरी विभिन्नउपहारहरु पाउन सकिने पौडेलले बताए । योजना अन्तरगत १७०० प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वाभाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस् मामोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको छ ।

१७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै , वृज सिमेन्टले चरणबद्ध रुपमा देशै भरि निर्माण व्यवसायीहरु संग एक्सपर्ट मिट समेत गरिरहेको छ । विशेषगरी निर्माण व्यवसायीलाई क्लबमा आवद्ध गरी योजनाको बारेमा जानकारी दिन एक्सपर्ट मिट गरिएको कम्पनीका ब्राण्डिङ् म्यानेजर अमित श्रेष्ठले जानकारी दिए । बुटवल नयाँ गाउँमा रहेको सुपादेउराली हार्डवएर प्रा.लि.ले पनि बृजको अभियानमा सहयोग गरेको छ । प्रा.लि.ले मेसन मीट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा.लीका प्रोप्राइटर मोहन बेल्बासे, बाला सिंह भाट, आकाश खनाल र बृजका प्रतिनिधीहरुको उपस्थितिमा एक्सपर्ट क्लबका मेसन जगन्नथ यादबलाई समेत टिभि हस्तान्तरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।