ताजा अपडेट »

कांग्रेस रुपन्देही क्षेत्र-२ द्वारा पार्टीमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान

मंगलबार, ३० कार्तिक २०७८, १८ : ०९
6 Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ ले सो क्षेत्रमा विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ । मंगलबार एक समारोहका बिच क्षेत्रिय सभापती हरि लम्सालले आफ्नो कार्य समितिका पदाधिकारी सदस्यहरु, सो क्षेत्रका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सो क्षेत्रमा पर्ने स्थानिय तहका सभापतिहरु, कार्यसमितिका सल्लाहकारहरुलाई सम्मान गरेका हुन् ।

सो अवरमा बोल्दै सभापति लम्सालले महाधिवेशनमा फरक फरक समुह भएपनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने दायित्व सबैको काँधमा रहेको बताए । उनले आन्तरिक प्रतिष्पर्दा भएकोले भड्किलो प्रचार तथा आरोप प्रत्यारोप नगर्न आग्रह गर्दै महाधिवेशनपछि पनि सबै मिलेरै अघि बढ्नु पर्ने बताए ।

सो अवसरमा महासमिति सदस्यहरु युवराज गिरी, रामबहादुर कार्की, वालकुमारी भण्डारी, उदयराज काफ्ले, बुटवलका सभापति खेलराज पाण्डे, राम प्रसाद अधिकारी, पर्शुराम ढकाल, परमानन्द भट्टराई लगाएतले बोलेका थिए । आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।