१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । नेपाल र कतार महिला क्रिकेट टोलीबीचको तीन टी-२० शृंखला आजबाट सुरु भएको छ । तीन मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको हो ।

Advertisement

नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० शृंखला खेल्न लागेको हो । आईसिसीको छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण शृंखला खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ देश सहभागी छन् ।

नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ