११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022


Advertisement

असोज २४,
काठमाण्डौं । टाटा मोटर्सले अघिल्लो वर्ष भारतमा सरकारी अफिसको लागि बनाएको इलेक्ट्रीक कार ‘टिगोर इभी’ अब पब्लिकलाई बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको इलेक्ट्रीक कारको रेञ्जसमेत बढाएको हो ।टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड सुजन रोयले एक महिना अगाडि सम्वादमा कम्पनीले चाँडै भारतीय र नेपाली बजारमा टाटाका इलेक्ट्रीक कार बिक्री गर्ने बताएका थिए ।

आफ्नो पहिलो इलेक्ट्रीक कारको बिक्री सुरु गर्दै कम्पनीका इलेक्ट्रीक भेइकल डिभिजनका सेल्स, मार्केटिङ एण्ड कस्टुमर सर्भिस हेड अशेष डहरले भने ‘सरकारी ग्राहकको तुलनामा पब्लीकले निकै राम्रो माइलेज पाउने छन् । यसले इलेक्ट्रीक सवारीसाधन रुचाउने ग्राहक र सरकारी भिजनलाई सहयोग गर्नेछ ।’जुनसुकै वातावरणमा व्याट्रीले उत्कृष्ट काम गर्न सकोस भनेर कम्पनले यसमा एडभान्स कुलिङ सिस्टम सहितको २१.५ किलोवाट क्षमताको व्याट्री दिएको छ । जसले एक पटकको फुलचार्जमा २२० किलोमिटर माइलेज दिनेछ । 

यसमा दिइएको व्याट्री घरमा रहेको सामान्य १५ एम्पायरको चार्जिङ सकेट र डिसी फास्ट चार्जर दुबै मोडमा चार्ज गर्न सकिने छ । यसमा रहेको व्याट्री एक पटक फुलचार्ज गर्दा २२ यूनिट विजुली खपत हुने छ ।टिगोर इभीको परिमार्जित अगाडिको ग्रिल, व्ल्यू करल इभी डिकेल, स्टाइलिस ह्वील, सार्क फिन एनटेना र एलइडी हाइ माउन्टेड स्टप ल्याम्प जस्ता फिचरले कारलाई आर्कषक बनाएको छ ।तीन कलर अप्सन ह्वाइट, व्ल्यू र सिल्भरमा उपलब्ध हुने यो कारको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । व्ल्याक–ग्रे कलर थिममा सजाइएको ड्यास बोड, हाइट एड्जस्टेवल सिट, प्रिमियम सिट अपहोलइस्टीक, डबल एयरव्याग जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

कम्पनीले एक्सइ प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरि तीन भेरियन्टमा बजारमा उपलब्ध गराएको यो कारको सुरुवाति मूल्य ९ लाख ४४ हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपालको लागि टाटाको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङले टिगोर इभीलाई केही महिना भित्रै नेपाली बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ । -मेरो अटो

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत