१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

चितवन । नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकाे मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् ।

Advertisement

‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छाैं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन् । केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उनकाे भनाइ छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए ।

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको बन्दका कारण मालेले स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य चयन गर्न भ्याएन । स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उनले बताइन् । मालेको विधान अनुसार पोलिट व्युरो सदस्यमा केन्द्रिय कमिटीको एक तिहाई सदस्य रहने व्यवस्था छ । महाधिवेशनको बन्दसत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सबै कार्यपत्र सर्वसम्मतीले पास गरिएको घिमिरेले बताइन् । असफल बेलायती संसदीय व्यवस्थालाई नेपालमा पनि खारेज गर्नुपर्ने नीति मालेले लिएको छ । 

११ पुष २०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुन् । उनी २०३९ सम्म मालेको महासचिव रहे । २०४७ सालपछि विभिन्न कम्युनिष्ट पार्टी र नेकपा मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो । २०५४ सालसम्म मैनाली एमाले मै थिए । ११ फागुन २०५४ मा एमाले विभाजित भएपछि वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली पनि लागे । फागुन २०५८ मा वामदेव गौतमलगायतका नेता पुनः एमालेमा गएपछि मैनाली मालेमै रहेर पार्टी सुदृढिकरणको काम गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था