ताजा अपडेट »

हङकङमा सामान आयात र निर्यात दुबैमा वृद्धि

मंगलबार, १५ माघ २०७५, ०४ : ३३
2 Shares

माघ १५,

हङकङ। हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाएको छ।

गत वर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ।

यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको छ । सरकारका प्रवक्ताले गत वर्षको सुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिएको बताए। सामान निर्यात र आयात दुवैमा गत वर्षभन्दा वृद्धि देखिएको हो। 

तर, वर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कूल निर्यात र कूल आयातमा विगत दुई वर्षको तुलनामा क्रमशः ५.६ प्रतिशत र ७ प्रतिशतको न्यूनता देखिएको थियो।

देखिने व्यापार घाटा डिसेम्बरमा ५१.२ हङकङ डलर अर्थात् आयात भएको सामानको मूल्यको १३.१ प्रतिशत रेकर्ड भएको छ।

सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो वर्षको तुलनामा निर्यात सामानको मूल्यमा ३.२ प्रतिशत कमी रहेको देखिएको छ भने आयात गरिएका सामानको मूल्यमा ५.१ प्रतिशतको ह्रास देखिएको छ। -रासस/सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।