ताजा अपडेट »

मोरङ स्थित विराटचौकको कर्फ्यु हट्यो

मंगलबार, १५ माघ २०७५, ०४ : २७
6 Shares

माघ १५,

विराटनगर । मोरङको विराटचौकमा जारी गरिएको कर्फ्यु आदेश सोमबार साँझबाट हटेको छ । टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशीत स्थानीयले आठ वटा टिप्पर जलाएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । 

स्थानीयको माग सम्बोधन गर्न सम्बद्ध निकाय तयार भएपछि मृत बालिकाको शव पनि उठाइएको छ । स्थानीयको मागअनुसार तत्काल सो रूटमा टिप्पर कुदाउन प्रतिबन्ध लगाउने सहमति भएपछि पोष्टमार्टमका लागि शव उठाउने प्रक्रिया सुरू भएको प्रहरीले जनाएको छ । 

मोरङको सुन्दरहरैचा नगरपालिका– ९ सिसौघारीमा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।