ताजा अपडेट »

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

मंगलबार, १५ माघ २०७५, ०४ : २३
10 Shares

माघ १५,

राँझा- बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका–११ एनटिभी रोडमा रहेको सिद्धार्थ बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा आइतबार राति जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २९ वर्षीय कृष्णबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर १३ बस्ने २४ वर्षीय अनिल विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

गत शनिबार बैंकको एटिएम मेसिन तोडफोड गरेर फरार रहेकामा दुबैलाई विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका–११ बसपार्कबाट आइतबार राति नियन्त्रणमा लिएको हो।

अभियुक्तका साथबाट हथौडा, चक्कुसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।