ताजा अपडेट »

गुल्मीमा जनगणनाको लागि ४१२ जना गणक खटिने

बुधबार, २४ कार्तिक २०७८, १८ : ५७
6 Shares

गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ ।

भोलि देखि अर्थात यही कार्तिक २५ गते दाखि मंसिर ९ गतेसम्म घर घरमा पुगी मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न जिल्लाका ३९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरि जम्मा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी पोखरेलले बताए । जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ ।

घर घरमा खटिइ आउने गणक कर्मचारिहरुलाई आफ्नो तथ्य सत्य विवरण टिपाई राष्ट्रिय जनगणना २०७८ सफल पार्न आग्रह गरिएको जिल्ला जनगणना पोखरेलले बताए । मूलगणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करिव ५५ वटाप्रश्नहरु सोधी विवरणहरु लिइने सहायक जिल्ला जनगणा अधिकारी रामचन्द्र वाग्लेले बताए ।

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन् । गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आबश्यक सामाग्री सहित गणकहरु खटाइएको वाग्लेले बताए । परिवारमा अक्सर वसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन । परिवार बसेको घरको स्वामित्व, घर निर्माणमा कुन र कस्तो सामग्री प्रयोग भएको छ सो को विवरण लिइनेछन् ।

परिवारमा खानेपानीको स्रोत, वत्तिको स्रोत, खाना पकाउने इन्धन, परिवारमा शौचालयको अवस्था, परिवारमा प्रयोग भएका घरायसी सुविधा र साधन ( रेडियो, टिभी, इन्टरनेट, कम्पुटर, मोटरसाइकल, कार, वासिंग मेशिन …….आदि) हरु के के छ सो को विवरण लिइनेछन् । परिवारमा कृषि बाहेक साना घरेलु व्यवसाय संचालनमा छ कि छैन, छ भने संचालक पुरुष कि महिला, परिवारमा महिलाको (विदेश रहेकी महिला सहित) नाममा देशको कुनै पनि स्थानमा घर जग्गा छ कि छैन, परिवारमा गत १२ महिनामा भएको मृत्युको विवरण, १५–४९ बर्ष उमेरका विवाहित महिलाको मृत्युको विवरण लिनेछन ।

व्यक्तिगत विवरणमा व्यक्तिको लिंग, जन्म मिति सहित उमेर, जात÷जाति, धर्म, कुन देशको नागरिक हो, कुनै किसिमको अपाङ्गता छ/छैन, ५ बर्ष मुनिका उमेरकाको जन्म दर्ता छ/छैन, १० वर्ष माथिकाको लागी विवाहित स्थिति, विवाहित भए पहिलो पटक विवाह गर्दाको उमेर, ५ बर्ष माथिकाको लागि शैक्षिक अबस्था, १५–४९ बर्ष उमेरका विवाहित महिलाको प्रजननको विवरण, १८ बर्ष मुनिका वालबालिकालाइ संरक्षक को हो, १० बर्ष उमेर र सो भन्दा माथिकालाइ कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्न छ कि छैन र छ भने कस्तो किसिमको क्रियाकलापमा सम्लग्न छ सो को विविरण लिइन्छ ।

६ महिना भन्दा कम आर्थिक क्रियाकलाप गरेको छ भने किन काम नगरेको लगायतका विवरणहरु मुख्य प्राश्नावलिमा सोधिनेछ । मुख्य गणनाकै क्रममा सुपरिबेक्षकहरु आफु खटिएको वडा कार्यालयमा पुगी करिव ८० वटा प्रश्न भएको सामुदायिक प्रश्नावली भर्नेछन् ।
मंसिर ९ गते गणकहरूले घर ठेगाना नभएका घुमन्ते फिरन्ते हरुको गणना गर्नेछन । मंसिर ९ गतेलाई सरकारले जनगणना दिवस मनाउने भएको छ । कोहि नछुट्ने र कोहि नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ हुन जिल्ला जनगणना कार्यालय गुल्मील अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।