ताजा अपडेट »

खोलामा टिप्पर धुने क्रममा करेन्ट लागेर रुपन्देहीका ३८ वर्षीय देबेन्द्रको मृत्यु

बुधबार, २४ कार्तिक २०७८, १८ : ४६
4 Shares

नवलपरासी (पूर्व) । खोलामा टिप्पर धुने क्रममा करेन्ट लागेर रुपन्देहीका एक यूवाको मृत्यु भएको छ । पूर्व नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका ३ स्थित खोरन्डी खोलामा प्र.२-०३-००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर रुपन्देहीका ३८ वर्षीय देबेन्द्र नेपालीको मंगलबार मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

निस्दी कन्ट्रक्सन एण्ड सप्लायस प्रालिको उक्त टिपर खोलामा धुने क्रममा पछाडीको ढाला माथि उठाउँदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।