ताजा अपडेट »

अवैध गाँजासहित एक पक्राउ

बुधबार, २४ कार्तिक २०७८, १७ : १४
6 Shares

मकवानपुर । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका । पक्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।