ताजा अपडेट »

भैरहवामा ८ सय बढी कांग्रेसमा प्रवेश, खाँणले गरे स्वागत

बुधबार, २४ कार्तिक २०७८, १५ : ४७
12 Shares

भैरहवा । नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ८ सय भन्दा बढी पार्टी प्रवेश गरेको पार्टीले दावी गरेको छ । भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लाईन नै लागेको थियो । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष दिलिप कान्दू सहित नगर भित्रका १३ वटै वडाबाट ८ सय बढीले नेपाली कांग्रेस प्रवेश गरेको नगर सभापति कोशिश बहादुर खड्काले जानकारी दिए । भैरहवामा आयोजित स्वागत सम्मान, बधाई एवम वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नगर सभापति खड्काले सबै वडाबाट पार्टी प्रवेश गर्ने थप आकांक्षीहरु भए पनि स्थान र समय अभावका कारण सबैलाई एकै पटक प्रवेश गराउन नसकिएको बताए । उनले छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरि ईच्छुकलाई पार्टी प्रवेश गराउने बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आजको पार्टी प्रवेश कार्यक्रमले नेपाली कांग्रेसलाई नयाँ उर्जा मिलेको बताए । खाँणले आउने दिनमा नेपाली कांग्रेस थप सबल र सुदृढ हुने संकेत देखिएको जिकिर गरे । उनले आउने स्थानिय निर्वाचनमा नगर प्रमुख र उप–प्रमुख सहित सबै वडामा नेपाली कांग्रेस नै बिजयी हुने बताए ।

खाँणले नेपाल प्रहरीमा थपिएको १५ प्रतिशत राशन भत्ता तल्लो तह सम्म पु¥याउन प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । “राशन भत्ता १५ प्रतिशतले वृद्धि गरिएको छ, यो सुविधा देशभरका सबै जवानहरुले प्राप्त गर्न सकुन् ।” उनले भने यस्तै खाँणले सुरक्षा निकायमा थपिएको दर्जाले उनीहरुको मनोबल बढाउने विश्वास ब्यक्त गरे । उनले प्रहरीको बढुवामा लामो समय लाग्ने गरेकोले दर्जा थप गरिएको बताए । यसले ८० हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ६० हजार बढी प्रहरीको वृद्धि विकासमा टेवा पुग्ने बताए ।

खाँणले अझै पनि कोभिडको महामारी अन्त्य नभई सकेको जिकिर गर्दै यसबाट अझै सावधान हुनु पर्ने बताए । उनले नेपालका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सफाईकर्मि लगायतले अहोरात्र खटिएर धेरै मानविय क्षति हुन नदिएको बताए । यस्तै खाँणले नेपाली कांग्रेसको सुरु देखी नै मिशनमा हिडेको र त्यो मिशन पुरा गर्न कांग्रेसमा एकता आवश्यक रहेको बताए । उनले मिशन पुरा गर्न अहिले रहेको गठबन्धनलाई पनि जोगाएर लैजानु पर्ने आवश्यकता औल्याए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले गठबन्धनको सरकार बचाउँदै स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसबाट नगरमा बिजयी बुथ सभापति एवं प्रदेशमा मन्त्री बनेका वसिउद्दिन खाँ लाई सम्मान गरिएको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा