विश्वको अधिकांश भागमा मासुले विभिन्न खाना परिकारको महत्वपुर्ण हिस्सा ओगटेको छ । विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, जातजाती, चाड पर्वहरुमा मासुका परिकारको आफ्नै महत्व रहिआएको छ । स्वादमा मिठो हुने मात्र नभएर मासुमा बिभिन्न किसिमका पोषक तत्वहरुपाइन्छ । जसका कारण खानालाई सन्तुलित बनाउन सहयोग गर्दछ । यसका बाबजुत मासुमा पाइने केही तत्वहरु जस्तै सेचुरेटेड फ्याटले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाब पर्न सक्छ।
मासु सेवनका फाईदाहरु
मासुमा सम्पुर्ण पोषक तत्वहरु हुन्छन् । यथेश्ट मात्रामा पाईने पोषक तत्वका कारणले मानिसको आहारालाई सन्तुलित बनाउँदछ । यसमा धेरै मात्रामा भिटामिन–बी हुन्छ । अन्न तथावनस्पती जन्य श्रोतमा नपाइने र उपलब्ध हुन नसक्ने भिटामिन–बी १२ मासुजन्य पदार्थबाट परीपुर्ति गर्न सकिन्छ । मासुमा शरिरमा आवश्यक पर्ने ९ वटा अत्यावश्यक अमाइनो एसिड उपलब्ध हुन्छ । ति मध्य कतिपय अमाईनो एसिड मासुमा मात्र पाइन्छ, वनस्पती जन्य श्रोतबाट उपलब्ध हुन सक्दैन । आइरन, जिङ्गक, सल्फर, फोसफोरस, क्याल्सियम जस्ता मिनिरल्स समेत मासुमा प्रचुर मात्रामा हुन्छ । कतिपय पशु पंक्षीको मासुमा कोलीस्ट्रोलको मात्रा समेत कम हुने भएका कारणले रोगी व्यक्तिले समेत सेवन गर्न सक्छन् ।
मासु अस्वस्थ हुने कारणहरु
मासु छिटो विग्रने खाद्य वस्तुमा पर्छ । विग्रेको, राम्रोसँग नपाकेको, रोगी पशुको बधबाट उत्पादित मासु सेवनले नकारात्मक प्रभाव पार्छ । शरिरको फाईदाको निम्ती खाएको मासुजन्य परिकारले शरिरमा नकारात्मक प्रभाव पारीतिक्ष्ण तथा जिर्ण प्रकारकारोग सारी मानिसको मृत्यु समेत हुन सक्छ ।
कसरी उत्पादित मासु हानिकारक हुन्छ ?
अस्वस्थ मासुबाट लाग्ने / सर्ने विभिन्न रोगहरु
सल्मोनेल्लोसिस साल्मोनेल्ला मानिसमा सामान्यतया देखिने जिवाणु हो । यसमा विभिन्न प्रजाती हुन्छन् । यसले मासुमा संक्रमण गर्दछ । यस जिवाणुको संक्रमण भएका पशु पंक्षीबाट उत्पादित मासुको सेवन गर्दा मानिसमा ज्वोरो आउने, टाउको दुख्ने, वान्ता आउने, पेट दुख्ने,छेरौटी लाग्ने जस्ता लक्षण देखा पर्दछ ।
कम्पाइलोबेक्टेरोसिस यो रोग मानिसमा जिवाणुको संक्रमण भएको मासु काँचै खाएमा वा राम्रो सँग नपकाई खाएमा, संक्रमित दुध तथा पानी खाएमा सर्छ । यो जिवाणु कुखुरामा सामान्यतया संक्रमण गर्ने गर्छ र मानिसमा यो रोग सार्ने मुख्य माध्यम संक्रमित मासु हो ।
क्षयरोग यो माइकोबेक्टेरियमबाट मानिसमा र पशुमा लाग्ने जिर्ण रोग हो । यो रोगबाट संक्रमित मासु सेवनबाट मानिसमा सर्ने गर्छ । मासु काट्ने ब्यक्ति, पकाउने ब्यक्ति समेत यो रोगको जोखिममा पर्छन ।
एन्थ्रेक्स एन्थ्रेक्स रोग संक्रमित भएको पशु बध गर्दा मानिसमा यो रोग सर्छ साथै उत्पादित मासुको सेवनबाट समेत मानिस संक्रमित हुन्छन् ।
बर्ड फ्लु यो पंक्षीमा लाग्ने र मानिसमा सर्ने रोग हो । यो रोग नेपालमा समेत विभिन्न समयमा विभिन्न ठाँउमा देखा परेको छ । प्रभावित भएका पंक्षीको मासु सेवन गर्नु हुँदैन ।
ट्राइचिनेलोसिस यो ट्राइचिनेला नामक गोलो जुका बाट लाग्ने रोग हो । यो बिशेष गरी बँगुरको काँचो मासुको सेवनबाट मानिसमा सर्छ । यो रोगमा मानिसमा पेट दुख्ने, छेरौटी लाग्ने, मांसपेशी दुख्ने, पसिना आउने, परेला वरपर सुनिएर दुख्ने जस्ता लक्षणहररु देखिनुका साथै कहीले काँही मुटुमा, फोक्सोमा मस्तिश्कमा समेत असर गर्दछ ।
टेनियासिस यो फिक्ते जुका टेनिया सोलियमका कारणले लाग्दछ । यो बँगुरको काँचो मासुको सेवनबाट मानिसमा सर्छ । यो रोगमा मानिसमा पेट दुख्ने, छेरौटी लाग्ने, मांसपेशी दुख्ने, पसिना आउने, परेला वरपर सुनिएर दुख्ने जस्ता लक्षणहरु देखाउँदछ । यसले मुटु फेलर तथा मस्तिक्शमा न्युरोसिस्टीसर्कोसिस गराउँदछ ।
रोकथाम तथा नियन्त्रण
अस्वस्थ मासुका कारणले अनेकौ समस्या निम्तीन्छ । स्वथ्य मासु उत्पादनमा गोठ देखी ओठ सम्मका सम्पुर्ण पक्ष जिम्मेवार हुन्छन् । स्वथ्य पशु, सफा बधस्थल, सफा औजार, राम्रो संग पकाएको मासु, सही तापक्रममा भण्डारण गरीएको, मासु उत्पादन तथा प्रशोधन गर्ने ब्याक्तीको राम्रो स्वस्थ ईत्यादी बाट मात्र स्वस्थ्य मासु उत्पादन हुन्छ ।
१.सफा राख्नेः
खाना र मासु पकउनु भन्दा अगाडी तथा काँचो मासु समाती सके पछी सफा पानीले हात धुने बानी बसाल्नु पर्छ । यसो गर्नाले संक्रमण नियन्त्रण गर्न सकिन्छ । मासु पकाउने ठाँउ, काट्ने भाँडा समेत सफा राख्नु पर्छ । काट्ने हतियार, अचानो फोहर र खिया लागेको भएमा यही माध्यमबाट सुक्ष्म जीवको संक्रमण भई रोग लाग्न सक्छ ।
२.जनचेतना जगाउने
काँचो मासुलाई पकाएर राखेको खाना संग संगै राख्नु हुँदैन । यसले खानामा संक्रमण गराउन सक्छ । काँचो र आलो मासु सेवन गर्नु हुँदैन । मासुलाई ४ डि.से. मा डि फ्रिजमा १२ घण्टा सम्म चिस्यानमा भण्डारण गरेर सेवन गर्नु पर्छ । हामी कहाँ पशु बध गर्ने बिक्तिकै पकाएको मासु खाने र चिस्यान गरेको मासु नखाने चलन छ । बध गर्ने बित्तिकैको भन्दा चिस्यान गरेको मासु खानु उपयुक्त हुन्छ । छाला नभएको मासु खानु स्वथ्यकर हुन्छ । मासु काट्ने, पकाउने भाँडा फरक फरक हुनु पर्छ । मासु काट्ने औजार स्टेनलेस स्टिलको हुनु पर्छ । मासुलाई सही तापक्रममा आवश्यक समय सम्म पकाउनु पर्छ । चिकेन मिट, ससेज, हम बर्गर, जस्ता मासु जन्य पदार्थलाई ७० डि.से. सम्म पकाउनु पर्छ ।
मासुखरिद गर्दा ध्यान दिनु पर्ने
मासुमा अत्यधिक मात्रामा सेचुरेटेड फ्याटको मात्रा हुन्छ । धेरै मात्रामा सेचुरेटेडफ्याटसेवन गरेमा रगतमा कोलेस्ट्रोलको मात्रा बढ्छ । कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि रोगको खतरा हुन्छ । धेरै मात्रामा फ्याट भएमा धमनीको भित्रि भागमा जम्मा हुन थाल्छ र रक्त संचार प्रणालीमानकरात्मक असर गर्छ। साथै यसले मोटोपना गराउन समेत भूमिका खेल्छ । तसर्थ मासु किन्दा बोसोको मात्रा कम भएको किन्नु पर्छ वाभएको बोसोलाई काटेर मात्रपरिकारबनाउनु पर्छ ।
मासु खरिद गर्दा बोसो कम भएको मासु खरिद गर्नु पर्छ
मासु पकाउदा फ्याटको मात्रा नियन्त्रण गर्ने
मासु भण्डारण
मासुलाई धेरै दिन सम्म सेवन गर्नकालागि उचित तरिकाले भण्डारण गर्नु पर्छ । सहि तरिकालेभण्डारण गर्दा जीवाणुको संक्रमण रोक्न सकिन्छ र मासुलाई विषाक्त हुनबाट जोगाउन सकिन्छ ।
गर्भवती भएको अवस्थामा मासुको सेवन
गर्भवती भएको अवस्थामा मासुलेआवस्यक पर्ने सम्पूर्ण पोषक तत्व पूर्तिगर्न सहयोग गर्छ । यसकाबावजुततल उल्लेखित अवस्थामागर्भवती भएका महिलाले मासु सेवन गर्नु हुदैन ।
३.मासु पसल सुधारः
अत्याधुनिक मसिन औजार प्रयोगमा ठुलो धन राशी खर्च हुन्छ । सम्पुर्ण मासु पसल तथा बध स्थल संचालकले खर्च गर्न नसक्ने अवश्था हुन सक्छ । यसो भन्दैमा उपभोक्ताको स्वस्थमा खेडबाड गर्न हुदैन । कम खर्चमा स्वथ्य मासु उत्पादनको सिद्धान्त प्रयोग गरी उपभोक्तको स्वस्थ संरक्षण गर्नु मासु बिक्रेता तथा प्रशोधकको दायित्व हो । पशु बध गर्दा स्वथ्य परिक्षण भएका पशु मात्र बध गर्नु पर्छ । अस्वस्थ पशु कदापी बध गर्नु हुँदैन । मासु स्वथ्य राख्न डि फ्रिजको ब्यावस्था गर्नु पर्छ । मासुलाई अन्य संक्रामक सुक्ष्म जीवहरुबाट जोगाउने वैज्ञानिक तरिकाहरु ज्स्तै भुईमा टायल लगाउने , स्टेनलेस स्टीलका काट्ने औजारहरुको प्रयोग, एप्रोनको ब्यावस्था गर्नु पर्छ । मासु उत्पादनको लागी प्रयोग हुने पशुपंक्षी ल्याउने वित्तिकै काट्दा त्यसको मासुको स्वस्थतामा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न २४ घण्टा सम्म राख्नको लागी स्टोर रुमको ब्यावस्था गर्नु पर्छ । पशुपंक्षी लाई जाच्नको लागी पूर्व जाँच कक्षको ब्यावस्था गर्नु पर्छ । फ्रेसहाउस बाट उत्पादित फोहोरलाई उचित ब्यावस्थापनको ब्यावस्था गर्नु पर्छ ।
प्रतिक्रिया