ताजा अपडेट »

बुटवल-पाल्पा सडक १५ रात अवरुद्ध, एम्बुलेन्स मात्रै चल्न पाउने

मंगलबार, २३ कार्तिक २०७८, २० : ५६
14 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड १५ रात बन्द हुने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गको बुटवल – पाल्पा सडक खण्ड अन्तर्गत दोभान आस–पास क्षेत्रमा सडक चौडा कार्यको लागि आवागमन बन्द गर्नु परेको हो ।

डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो । उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ ।

यद्यपी, उल्लेखित समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।