ताजा अपडेट »

मनाङेले लिए प्रदेश सांसदको सपथ , भए माननीय

सोमबार, १४ माघ २०७५, १६ : ४८
2 Shares

माघ १४,

काठमाण्डौं । दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई आज सोमबार सपथ गराएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएका थिए ।  मनाङे मनाङको प्रदेशसभा 'ख'' बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण करिव ८ महिना जेल बसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।