ताजा अपडेट »

बैंकले ब्याजदर बढाएकोमा उद्योगीको आपत्ति

सोमबार, १४ माघ २०७५, १५ : ५०
6 Shares

माघ १४,
भैरहवा । मनपरी अत्यधिक रुपमा बैंकले ब्याजदर बढाएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरूले घटाउन माग गरेका छन्।ब्याजदर बढाएका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै घटाउन माग गरेका हुन्। उनीहरुले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक र गभर्नर चिरञ्जीवि नेपाललाई ज्ञापन पत्र बुझाएका छन्।

ब्याजदर बढेपछि लागत बढी भएकाले सामानको मूल्य पनि बढेको छ। उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले भने,‘मूल्य बढ्नाले बजारमा अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न हामीलाई निकै गाह्रो भएको छ।’

बैंकहरूले बढाएको ब्याजदरकै कारण व्यवसाय पनि घट्दै गएको बताउँदै अध्यक्ष भण्डारीले यसले लगानी कर्तालाई समेत समस्या निम्त्याएको उल्लेख गरे।सरकारले उद्योगी व्यवसायीमैत्री नीति नबनाउँदा उद्योगी र व्यवसायी मर्कामा परेको बताउँदै भण्डारीले बैंकहरू उद्योगी, व्यसायीको घर दैलोमा गएर दिएको ऋणको ब्याज ७ प्रतिशतबाट १४ प्रतिशत सम्म बढाएको बताए। बैंकहरूले आफूखुसी रुपमा ब्याजदर बढाए पनि नियमक निकाय नेपाल राष्ट्र बैंकले कुनै कारबाही अगाडि नबढाएकोमा उनीहरुले आपत्ति जनाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।