ताजा अपडेट »

बुटवलस्थित सलाई फ्याक्ट्रीमा आगलागी, ४ दमकलसहित सुरक्षाकर्मीद्वारा नियन्त्रणको प्रयास

मंगलबार, १६ कार्तिक २०७८, २१ : १४
14 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ मा रहेको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । आज मंगलबार राति ८ बजेको समयमा सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको एक प्रतक्ष्यदर्शी स्थानीयले ग्लोबल आवाजलाई बताए । आगो दन्किँदै जाँदा एक घण्टा भन्दा बढी भएतापनि नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु र सुरक्षाकर्मीहरुले संयुक्त प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले बताए। उनले सिद्धार्थनगर लगाएतबाट थप दमकल आउँदै गरेको समेत बताए । विस्तृत विवरण आउन बाँकी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।