२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । बुटवल बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत जिडि शिखरले पब्लिक स्पिकर बुटवल-२०२१ को उपाधी हात पारेका छन् । बुटवल जेसीजले सञ्चालन गरेको पब्लिक स्पिकर बुटवलमा ३५ जना प्रतिस्पर्धिलाई उछिन्दै जिडि शिखरले पब्लिक स्पिकर-२०२१ को उपाधी हात पारेको महासचिव विनोद घिमिरेले बताए ।

Advertisement

बुटवल जेसीजले सञ्चालन गरेको जेसीज सप्ताहको मंगलबार आयोजित समापन समारोहमा बुटवल जेसीजका अध्यक्ष गोपालप्रसाद चापागाईले बुटवल पब्लिक स्पिकर घोषणा गरेका हुन् । त्यस्तैगरि बुटवल पब्लिक स्पिकर बुटवलमा कालिका बिद्यालयकी रचना पाण्डे रनर अफ भएकी छन् । उनीहरुलाई नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै नेपाल जेसीजका अध्यक्ष खनालले मुलुकमा अवसरका सम्भावना नहुँदा युवा विदेश पलायन हुनु परेको बताए । उनले जेसीजमा रहेका युवालाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सके विद्यमान अवस्थाको अन्त्य गर्न सकिने धारणा राखे । उनले जेसीज अभियानमा बुटवल जेसीजले अभिभावकीय भुमिका निर्वाह गरेको र बुटवलले गरेका कार्यक्रमबाट अरु शाखाले पनि सिक्नुपर्ने भनाई राखे । जेसीज सिकाईको विश्वबिद्यालय भएको बताउंदै उहाले जेसीज सदस्य मात्रै नभएर जेसीजका सदस्य नभएका युवालाई पनि सिकाईमा जोडिएको उल्लेख गरे ।

त्यसैगरी जेसिआई एकेडेमी बुटवलमा सहभागी ३३ मध्ये २४ जना ग्रयाजुयट भएको पाईलट फ्याकल्टी रमेश अर्यालले जानकारी गराए । एकसाता सम्म सञ्चालन गरिएको जेसीज सप्ताहमा जेसीआई बुटवल एकेडेमी, पव्लिक स्पिकर बुटवल सहित लिडरशिप डेभलपमेन्ट तालिम, जीतगढी किल्ला अध्ययन अवलोकन तथा प्रवर्द्धन, मास्क तथा सेनीटाईजर वितरण लगायतका कार्यक्रम गरिएको थियो ।

जेसीज सप्ताह समापन समारोहमा नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, नेपाल जेसीजकी उपाध्यक्ष कल्पना कुसुम, बुटवल जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजु, पूर्व अध्यक्ष लालहरी पाण्डे, सिद्धार्थ जेसिजका अध्यक्ष गोपाल ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन गौतमको स्वागत तथा महासचिव बिनोद घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना