१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

इलाम । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँणले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँणको भनाई छ ।

Advertisement

‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँणले भने । खाँडले बाढीपहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँणले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन् । वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ ।

पहिरोले घरहरूमा समेत क्षति पुर्‍याएकाले चाडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँणको भनाई छ । गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन् ।

पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँणले जानकारी दिए । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण