२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

ओखलढुंगा । जिल्लामा एक वर्ष पहिले शिलान्यास गरिएको सातवटा स्थानीय तहका अस्पतालको जग पनि बन्न सकेको छैन । कतै जग्गा नपुगेर ठेक्का लागेको छैन भने ठेक्का लागेका ठाउँमा पनि जगसम्म निर्माण सकिएको छैन । 

Advertisement

संघीय सरकारको घोषणाअनुसार १६ मंसिर २०७७ मा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास भएका थिए । शिलान्यास भएकामध्ये मानेभञ्ज्याङमा भने जग्गा अपुग भएर ठेक्का नै लाग्न सकेको छैन । अन्य छवटा स्थानीय तहमा शिलान्यास भएका अस्पतालका जग पनि बस्न सकेका छैनन् । 

पालिका अस्पताल निर्माणबारे खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्काले भने, ‘हाम्रोमा काम भइरहेको छ । वैशाख-जेठ तिरबाटै काम सुरु भएको हो, जग बनिसकेको छ ।’ अध्यक्षकै भनाइलाई आधार मान्ने हो भने एक वर्ष बित्दा बल्ल जग मात्र बनेको छ । 

पालिका अस्पताल भवन बनाउन स्थानीय तहलाई पहिलो चरणमा ७० लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । बहुवर्षे योजनाअन्तर्गत निर्माण हुने ती अस्पतालको काम कतै जग्गा सम्याउने त कतै ठेक्कामा देखिएको किचलोका कारण प्रभावित भएका छन् । 

मोलुङ गाउँपालिकामा घडेरी सम्याउन घडेरी वरिपरि खेतीपाती रहेको र स्थानीयले नउठाई नदिने भएपछि काम सुरु भएको छैन । सुनकोसीमा एक वर्षपछि घडेरी सम्याउने काम सुरु भएको सुनकोसी- ५ का वडा अध्यक्ष गोविन्द तामाङले बताए । उनका अनुसार अहिले घडेरी सम्याउने काम भइरहेको छ ।

त्यस्तै, चम्पादेवीमा ठेक्का सेटिङमा भएको भन्दै रद्द गर्न प्रतिस्पर्धी निर्माण व्यवसायीहरूले उजुरी गरे पनि पालिका अध्यक्षले आफ्नो स्वार्थ मिलेका ठेकेदारलाई ठेक्का दिएको आरोप छ । अस्पताल निर्माणको विषयमा अहिले धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष नवराज केसीको दाबी छ । 

चिशंखुगढीमा डीपीसी लेभल सकिएर थप काम भइरहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । गाउँपालिकाले ठेक्का लगाउन ढिलाइ गरेको र ठेकेदारले सम्झौता गरेपछि पनि काम नगर्दा स्वास्थ्य संस्थाका भवनहरू अलपत्र परेको सुशासनका अभियन्ता बोधनारायण श्रेष्ठले बताए । उनले भने, ‘गाउँपालिकाको प्रभावकारी अनुगमन र समयमै ठेक्का लगाउन चासो दिएको भए अहिले आधा जस्तो संरचना निर्माण भइसक्ने अवस्था हुन्थ्यो ।’

पालिका अस्पतालका भवनहरू निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा ध्यान नपुगेको सरोकारवालाको भनाइ छ । सरकारी अस्पताल गाउँमै बनेमा सामान्य उपचारका लागि महँगा निजी अस्पतालमा धाउनुपर्ने जिल्लाबासीको बाध्यता हट्ने जेष्ठ नागरिक संघका अध्यक्ष जीवनाथ शर्मा बताउँछन् । – न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक