२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् ।  प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

Advertisement

पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ का ४८ वर्षीय अगम तामाङ, वराहक्षेत्र ८ का ४१ वर्षीय वसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रदमो साह हलुवाई, ३४ वर्षीय प्रदीप साह हलुवाई रहेका छन् ।

यस्तै, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन