ताजा अपडेट »

मोतिपुरमा श्रष्टा सम्मान कार्यक्रम

मंगलबार, १६ कार्तिक २०७८, १८ : ४७
8 Shares

बुटवल । वृद्ध असहाय अनाथ सहयोगार्थ विविध कार्यक्रम गर्दै आएको सिद्धार्थ सिर्जनशील समाज एवं युनिक मुभिजको आयोजनामा आज श्रष्टा सम्मान कार्यक्रम रुपन्देहीको मोतिपुरमा सम्पन्न भएको छ । सिद्धार्थ सिर्जनशील समाजका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता भएको कार्यक्रममा संविधान सभा सदस्य इस्तीयाक खानले कलाकार र कलाकारिताले समाजमा व्याप्त नकारात्मक भावना हटाउन सहयोग गरेको र यस्ता कार्यक्रमले जो वृद्ध असहाय अनाथहरुलाई सहयोग हुने औल्याउदै यस्ता कार्यक्रम आगामि दिनमा पनि संञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा समाजसेवी ज्योती भण्डारीले पत्रकार, कलाकार, समाजसेवीको सम्मान राज्यले गर्न नसेको बताए । उनले कला र कलाकारको लागि सरकारले विषेश ध्यान दिनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा विगत ३ दशक देखि पत्रकारिता गर्दै आएका राज्य टेलिभिजनका दामोदर खनाल , उप–प्राध्यापक योगराज पोखरेल, समाजसेवी रमेश खनाल र रारा सैजुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा स्थानीयदेखी राष्ट्रियस्तरका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा अभिवक्ता जोग बहादुर क्षेत्री, पत्रकार दामोदर खनाल, समाज सेवी रमेश खनाल, रारा सैजु लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम विकाश भट्टराईको सञ्चालन र युनिक मुभिजका निर्देशक बिजय पोखरलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।