ताजा अपडेट »

यस्तो बन्दैछ गुल्मीको रेसुङ्गामा ७ करोड लगानीमा 'गर्जुरा रेसुङ्गा पर्यटन पार्क'

मंगलबार, १६ कार्तिक २०७८, १७ : ४४
40 Shares

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो । पार्कको मंगलवार रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र रेसुङ्गा नगरपालिका साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेकोछ । पार्क निर्माण गर्नका लागि रु ७ करोडको लागत स्टेमेटमा ठेक्का गरिएको थियो ।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिला जेभि तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ । पार्कको रु ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाको लागतमा २०७९ साल फागुन ३० गतेसम्पन्न गर्ने गरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए । जंगल क्षेत्रमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षती नगरिकन काम अगाडी बढाइने भएको मरासिनीले बताए ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख भुसालले रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले गर्जुरामा पर्यटकीय पार्क बनाउन लागिएको बताए । उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । निर्माण व्यवसायीले ठेक्का रकम घटेर हालेको हुँ काम गर्दा गर्दै घाटा लाग्यो भनेर टार्न नपाइने बताए ।

पर्यटकीय पार्क तम्घास आउने मानिसका लागि आनन्द लिने स्थल बन्नेनगरप्रमुख भुसालको भनाई छ । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्क भित्र भिउटावर, भिरमा पिङ्ग, पाचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, भलिवल र व्याडमिण्टन मैदान, बिचबिचमा पैदलमा मार्ग बाग्लुङबाट ल्याइएको ढुंगाबाट, शौचालय, टिकट काउन्टर, बिभिन्न जनावरमा आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग, निर्माण गरिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए ।

वन क्षेत्र रहेकाले कुनैपनि विवाद नभएमा तोकिएको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी चुरा भण्डारीले बताए । उनलेकाम सम्पन्न गर्न सबैको सहयोगको आबश्यकता रहेको बताए । सोहीस्थानमा दोश्रो चरणमा सुइमिङ्ग पुल र जनवार उद्धार पनि निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम तम्घास आउने पर्यटकलाई रेसुङ्गा सम्म लैजाने क्रममा बिचमा थप आकर्षक बढाउनको लागि गर्जुरा रेसुङ्गा पर्यटन पार्क बनाउन लागिएको हो ।

यस्तो बन्दैछ पार्क :-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।