ताजा अपडेट »

'वेष्टर्न मार्ट' सपिङ्ग मल सञ्चालनमा

मंगलबार, १६ कार्तिक २०७८, १७ : ०५
6 Shares

नेपालगञ्ज । हरियो सागदेखि अत्याधुनिक इलोक्ट्रोनिक्स तथा घरायसी भाँडाकुँडा एकै स्थानमा पार्ईने गरी नेपालगञ्जमा ‘वेष्टर्न मार्ट’ सपिङ्ग मल मंगलबार सञ्चालनमा आएको छ ।

एकै छनामुनि सबै सामग्री पाईने गरी सञ्चालनमा आएको मार्टमा वेष्टर्न बिजनेस ग्रुपको लगानी छ । वेस्टर्न मार्टका अध्यक्ष प्रकाश लामिछानेका अनुसार यो मल लुम्बिनी प्रदेशकै अत्याधुनिक सुविधासम्पन्न सपिङ मल हो । उनले भने, ‘हामीले एउटै छानामुनि सागदेखि भाँडाकुँडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं । यसको सफलतालाई विश्लेषण गरी अन्य स्थानमा पनि ‘आउटलेट’ सञ्चालन गर्ने तयारी गरेका छौं ।’ 

वेष्टर्न मार्टको उद्घाटन नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शमशेर राणाले गरेका छन् । उनले नेपालगञ्जमा यसखाले मार्ट सञ्चालनले नेपालगञ्जको व्यवसायिक विकासमा टेवा पुग्ने बताए । 

कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिसकुमार अग्रवालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । मलका अध्यक्ष सञ्जय थापाले मल निर्माणमा हालसम्म १८ करोड लगानी भइसकेको जानकारी दिए । मार्टमा ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।