ताजा अपडेट »

जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन

मंगलबार, १६ कार्तिक २०७८, १७ : ०२
4 Shares

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनले मंगलवार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेश गरेका हुन् ।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेशका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राती मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ । आज मुख्यमन्त्रीलाई मात्रै शपथ ग्रहण गराइनेछ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमवार पदबाट राजीनामा दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।