ताजा अपडेट »

नेपालमा थपिए ४६९ कोरोना संक्रमित, ११ जनाको मृत्यु

मंगलबार, १६ कार्तिक २०७८, १६ : १३
2 Shares

बुटवल । नेपालमा थप ४६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११५ र एन्टिजेन विधिबाट ३ हजार १७२ जनामा परिक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १३ हजार ४३३ र एन्टिजेनबाट ९४ हजार ६७४ जना पुगेको छ ।

यस्तै, नेपालमा थप ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४२७ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।