ताजा अपडेट »

बँदेल ठोकिएकाे जहाज हटाइयाे, बिमानस्थल सुचारु

मंगलबार, १६ कार्तिक २०७८, १६ : ०३
4 Shares

नेपालगञ्ज । सीता एअरको बीमानमा बँदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगञ्ज विमानस्थल पुनः सञ्चालनमा आएको छ ।नेपालगञ्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९ एन–एएचबी नम्बरको बिमानसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो ।
बँदेलको मासु धावन मार्गभरी छरिएका कारण पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज सई सन्तोष शाहले बताए । जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखिएको जनाउँदै उनले प्रक्रिया पु–याएर विमानस्थल सञ्चालनमा आइसकेको बताए। जहाजसँग ठोक्किएका बदेललाई कानूनी प्रक्रिया पूरा गरी गाडिएको शाहले बताए ।

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मासुको सफाई गरेर त्यहाँ अब अन्य बँदेल नरहेको निश्चित भएपछि अवरुद्ध भएको विमानस्थल पुन सञ्चालनमा ल्याईएको छ ।‘विमानस्थल अहिले सञ्चालनमा आइसकेको छ, धावनमार्ग सबै सफा गरेपछि सञ्चालनमा ल्याएका हौं,’ प्रमुख झाँले भने । विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध र श्री एयर लगायत कम्पनीका जहाज नेपालगञ्ज आएर पनि काठमाडौं फर्किसकेको झाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।