ताजा अपडेट »

रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवस भव्य रुपमा मनाउने

मंगलबार, १६ कार्तिक २०७८, १५ : ५६
6 Shares

बुटवल । रुपन्देही उद्योग संघको २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार सचिवालयमा सम्पन्न भएको छ । आइतवार पदभार ग्रहण गरेपछि अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गरेको छ ।

बैठकले संघको ४४ औं स्थापन दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । मंसिर १५ गते स्थापना दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले जनाकारी दिए । महासचिव खत्रीका अनुसार स्थापना दिवसका अवसरमा संघले वितरण गर्दै आएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार गर्ने र सम्मान समारोहको आयोजना गर्ने योजना रहेको बताउनु भएको छ । संघले वितरण गर्ने पुरस्कार छनौटका लागि संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरालाई छनौट समितिमा संस्थागत प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी बैठकले संघमा रिक्त रहेका सदस्य पदहरुमा मनोनयन गरेको छ । जस अनुसार संघको एशोसिएट सदस्यहरुमा कोहीनुर प्लाष्टिक उद्योग प्रा.ली.का संचालक सुमन बस्याल र लुम्बिनी केवुल इण्डष्ट्रिज प्रा.ली.का संचालक प्रज्ज्वल थान्जु तथा शुद्धोधन गाउँपालिकाबाट खनाल इटा उद्योगका प्रोपाइटर रमेश खनाललाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको अध्यक्ष माधब प्रसाद पौडेलले जानकारी गराए।

बैठकले संघको भावी रणनीति तथा वार्षिक कार्ययोजना तयार गर्ने उद्देश्यले आगामी पौष महिनामा कार्ययोजना कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको तयारीका लागि संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।