२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाउँदै समितिले सच्याउन सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

यसबारेमा समिति सभापति लक्षमणलाल कर्ण र सदस्यहरूबीच सवाल जवाफ पनि भएको छ । सांसद शिवकुमार मण्डलले राजदूत सिफारिस समावेशिताको नम्सअनुसार भएको छ कि छैन ? भन्दै प्रश्न गरे । यसको जवाफ दिँदै सभापति कर्णले भने, ‘छैन ।’ 

सभापति कर्णको जवाफसँगै सांसद मण्डलले भने, ‘समावेशीको विषयमा समिति नबोल्ने ? बोल्नुप¥यो । संविधानअनुसार त कार्यान्वयन हुनुपरयो नि ।’

यसपछि सभापति कर्णले उपाय खोज्दै भने, ‘के गर्ने त ?’  

लगत्तै सांसद देव गुरुङले समितिको काम सुनुवाइ गर्ने मात्र नभएर सरकारलाई सुझाव दिने पनि रहेको बताए । ‘समितिको काम सुनुवाइ मात्र गर्ने हो कि सरकारलाई सुझाव पनि दिने हो ? समावेशिताको प्रश्न उठाउनुपर्छ’, गुरुङले बैठकमा भने । 

यसपछि सभापति कर्णले भने, ‘अहिले तीन जना सिफारिसमा समावेशी छैन । बाँकी सिफारिसमा ध्यान दिन सरकारलाई भन्नुपर्छ ।’ 

सरकारलाई सुझाव दिने मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा सांसद  पूर्णकुमारी सुवेदीले बताइन्  । सभापति कर्णले यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

राजदूत सिफारिसमा समावेशीप्रति ध्यान दिनुपर्ने आवाज उठाउनेमा अधिकांश माओवादी केन्द्रका सांसद छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश