ताजा अपडेट »

ट्याङ्कर फस्दा राजमार्ग अवरुद्ध

मंगलबार, १६ कार्तिक २०७८, १५ : १८
6 Shares

डोटी । डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो ।बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेकामा आज ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको हो । यहाँका पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको हो । ट्याङ्कर फसेपछि अहिले उक्त राजमार्गमा तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेका सयौँ सवारी साधन तथा यात्रु अलपत्रमा परेका बताइएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।