२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। 

Advertisement

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ।  तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन्। ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज।

भारत
२०२१ को टी-२० विश्वकप भारतीय टोलीका लागि दुखद रह्यो। भारतलाई उपाधि दाबेदार टिमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने सम्झनलायक रहेको छैन। आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको नमिठो हार बेहोरेको थियो। 

यस्तै दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो। भारतको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ। यदि भारतले सेमिफाइनलमा पुग्ने आशा जीवित राख्ने हो भने उसले आफ्ना बाँकी तीन खेल ठूलो अन्तरले जित्नुपर्नेछ।

र, साथसाथै अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरोस् भन्ने प्रार्थना गर्नुपर्नेछ। भारतले सन् २००७ मा मात्रै टी-२० विश्वकप जितेको थियो।

श्रीलंका
चारमध्ये तीन खेलमा हार बेहोरेर टी-२० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका। श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो। तर, सुपर १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन। 

श्रीलंकाले भारतलाई हराएर २०१४ को टी-२० विश्वकपको उपाधि जितेको थियो। श्रीलंका जुन समूहमा छ, त्यो समूहमा निकै बलियो टोली छन्। जसको अगाडि श्रीलंकाको जादू चल्न सकेन्। धेरै अनुभवी खेलाडी टिम बाहिर भएका कारण श्रीलंका कमजोर भएको छ।

वेस्ट इन्डिज
वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ। उसलाई सेमिफाइनल पुग्न पनि कठिन छ। वेस्ट इन्डिजले २०१२ र २०१६ मा दुई पटक टी-२० विश्वकपको उपाधि जितेको थियो। तर, यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन। 

वेस्ट इन्डिजका ब्याट्सम्यान लामो छक्का प्रहार गर्न परिचित छन्। तर, यसपटक टोलीका कुनै पनि ब्याट्सम्यानले ठूलो उपलब्धि देखाउन सकेनन्। वेस्ट इन्डिजको कप्तानी केरोन पोलार्डले गरिरहेका छन्।

इंग्ल्यान्ड र पाकिस्तान फाइनल भिड्ने सम्भावना 

टी-२० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ। टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ। जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो। 

इंग्ल्यान्डले सन् २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो। जारी विश्वकपमा इंग्लिस टोली लयमा छ। बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन्। 

पाकिस्तानले आफ्ना तीनवटै खेल जितेको छ र यो टोली समूहको शीर्ष स्थानमा छ। पाकिस्तानको बलिङ दमदार फर्ममा छ। पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गरिरहेका छन्। 

योसँगै उनीसँग आसिफ जस्ता फिनिसर पनि छन्, जसले एक ओभरमा चार छक्का प्रहार गरेर खेल जिताउन सक्छन्। पछिल्लो प्रदर्शनलाई हेर्दा पाकिस्तानी टोलीले उपाधि कब्जा गर्न सक्छ।

टी-२० विश्वकप विजेता टोलीहरू
२००७ः भारत
२००९ः पाकिस्तान
२०१०ः इंग्ल्यान्ड
२०१२ः वेस्ट इन्डिज
२०१४ः श्रीलंका
२०१६ः वेस्ट इन्डिज

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…