२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् । साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल)सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ ।’ अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुगेका हुन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाएका थिए ।

अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजीनामा दिएका अल्मुताइरी नेपाल नफर्की कतारमै रहेका थिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै