२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०२ प्रतिशत र सञ्चालन नाफा १४२ दशमलव ६३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन  ४५ दशमलव ५० प्रतिशत र कर्जा लगानी ५६ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा भने एक करोड २० लाख रुपैयाँ ऋणात्मक छ । 

यस अवधिमा बैंकको खराब कर्जा भने एक दशमलव ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, सांग्रिलाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने