२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढ महिनादेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र उपभोक्ता समितिको चरम लापरवाहीले सिमकोटसहित दुईवटा गाउँपालिकावासी अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।

Advertisement

भदौ अन्तिमदेखि अवरुद्ध बनेको विद्युत समयमै मर्मत नहुँदा सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार तीन सय बढी सेवाग्राही अन्धकारमा बस्नुपरेको छ ।पावर हाउस नजिक रहेको ओभरफ्लो तथा विद्युत गृहको फर्बेमा बाढीपहिरोले क्षति गर्दा  विद्युत सेवा डेढ महिनादेखि बन्द छ ।

विद्युत गृहको फर्बेमा केही मात्रामा मर्मत भए पनि पहिरोले लगेको भाग पूरै मर्मत हुन सकेको छैन। साे भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत प्राधिकरण  हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । “पूरै भाग मर्मतका लागि बजेट र सामग्रीको अभाव छ, अहिले केही मात्रामा मर्मत गरेर अस्थायी रूपमा विद्युत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भने ।

पहिरोले लगेको क्यानलसहित अन्य क्षेत्र मर्मत गर्न ठूलो बजेटको आवश्यक पर्नुका साथै समय बढी चाहिने भएको उनले बताए । पहिरोले लगेको विद्युत गृहको फर्बेमा झन्डै तीन सय ६५ थान ग्याविनको समेत आवश्यक पर्ने देखिएको प्रमुख ऐडीले जानकारी दिए । मर्मतका नाममा हेल्दुम वितरण केन्द्रको आयोजनाले वर्षेनी करोड बढी खर्च गरिसकेको छ । तर दिगोपन हुन सकेकाे छैन ।

यसपटक मर्मतका लागि २५ लाख बजेट विनियोजन भइसकेको छ। एकपटक विद्युत अवरुद्ध हुँदा २० लाखभन्दा बढी खर्च लाग्ने गरेको छ । वैशाखयता दुईपटक मर्मत भइसकेको छ । आयोजनाको सामग्रीहरू पुरानो भएका कारण पटक पटक मर्मत गर्नुपरेको हो । आयोजनाको विभिन्न स्थानमा रहेका क्यानल चुहिने अवस्थामा छन् । विद्युत गृहको फर्वेमा अहिले पोलिथिन पाइप जडान गरिएका छन् । यसले गर्दा हिउँदमा बरफ जम्ने भएका कारण फुट्ने गरेकाे छ ।

टालटुल गर्दै बजेट खर्च

सधैं विद्युत सेवा अवरुद्ध भइरहे पनि मर्मतका नाममा टालटुल पारेर लाखौंको बजेट खर्च हुने गरेको छ । खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो ।
आयोजनाको पावर हाउस नजिक रहेको दुई ठाउँमा भत्किँदा सिमकोटलगायतका गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रले जनाएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा आपूर्ति भएको विद्युत अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयसहित सेवाग्राहीले सास्ती खेपी रहनु परेको छ । ओभरफ्लोसहित भत्किएका विभिन्न ठाउँमा मर्मत गरे पनि अस्थायी रूपमा बनाइएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थाकाे दैनिक काममा बाधा पुगेको छ ।
यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेरेटरबाट सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे