ताजा अपडेट »

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ

मंगलबार, १६ कार्तिक २०७८, १३ : ५४
2 Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।