ताजा अपडेट »

सडक विभागले २६ स्थानमा ट्राफिक लाइट राख्दै

मंगलबार, १६ कार्तिक २०७८, १३ : ४७
2 Shares

पोखरा । सडक विभागले पोखराका विभिन्न २६ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान (चोक)मा र दोश्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो । 

विभागले एक वर्षअघि पहिलो चरणको बत्ती राख्नेगरी अध्ययन गरेको थियो । यही क्रममा केही महिनाअघि महेन्द्रपुलमा बत्ती राखिएको हो । तर सडक राम्रो नभएकोले प्रयोगमा आएको छैन ।

यही वर्ष पृथ्वीचोक, सभागृहचोक, बिपी चोक, बिरौटा चोक, अमरसिंह चोक, जिरो किलोमिटर, हल्लनचोक, सिर्जनाचोक र राष्ट्र बैंक चोकमा बत्ती राखिने महानगरपालिकाले जनाएको छ । प्रत्येक चोकमा बत्ती राख्न २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणमा तीन करोड लागत अनुमान गरिएको छ । ‘पहिलेको अध्ययनमा २२ लाख लाग्ने अनुमान थियो । अहिले लेटेस्ट भर्सनको बत्ती राख्ने योजना छ । त्यसैले लागत बढेको हो,’ पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यहीँ वर्ष टेण्डर निकालेर काम सक्ने कुरा छ ।’

उनका अनुसार थप १५ वटा चोकमा पनि अध्ययन सुरू भएको छ । सडक बत्ती राख्न महानगर र सडक विभागबीच छलफल भएको छ ।
२०५८ सालमा सडक बत्ती राखिए पनि विभिन्न आन्दोलनमा बत्ती फुटाइयो । त्यसपछि बत्ती राखिएको छैन । अन्तराष्ट्रिय सहर पोखरामा सडक व्यवस्थापन राम्रो छैन । दैनिक ट्राफिक चाप बढ्दै गएको छ । दुई वर्षअघि यहाँका चोकहरूको आइल्याण्ड घटाइएको थियो । चोकमा भएका शालिकलाई विभुति पार्क बनाएर सारिएको छ । ट्राफिक लाईटसँगै विद्युत प्राधिकरणले पोखरामा स्मार्ट बत्ती राख्ने टेण्डर निकालेको छ । ८० किलोमिटर सडकमा स्मार्ट बत्ती राख्ने तयारी गरेको हो ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।