ताजा अपडेट »

कोप–२६ सम्मेलन : वन फडानी रोक्न विश्वका १०० देशका नेता सहमत

मंगलबार, १६ कार्तिक २०७८, १२ : २८
6 Shares

विश्वका १ सय देशका नेताहरु २०३० सम्म वन फडानी रोक्नका लागि सहमत भएका छन् । यस परियोजना अन्तर्गत जंगलको रक्षाका लागि १९ बिलियन अमेरिकी डलर सार्वजनिक र निजी लगानी गर्नेगरी मंगलबार सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।  

यसलाई कोप २६ सम्मेलनको पहिलो मुख्य सहमति मानिएको छ । ब्राजिलमा अमेजनको जंगलमा वन फडानी रोकिएको छैन । तर, ब्राजिलले पनि यस सम्झौतामा हस्ताक्षर गर्दैछ । विज्ञहरुले यस घोषणाको स्वागत गरेका छन् । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले मंगलबार हुने सहमतिलाई ‘पृथ्वीका जंगलहरु जोगाउने र पुनस्र्थापना गर्ने दिशामा कोशेढुंगा सम्झौता’ भनेका छन् । बेलायतको स्कटल्यान्डस्थित ग्लासगो शहरमा कोप २६ सम्मेलन आयोजना भइरहेको छ । जलवायु परिवर्तनलाई न्युनिकरण गर्न र नियन्त्रणमा राख्नका लागि दुई साता लामो यस सम्मेलन महत्वपूर्ण साबित हुने अनुमान लगाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।