ताजा अपडेट »

लुम्बिनीको दाङमा मोटर साइकल दुर्घटना हुँदा २१ वर्षिय समिरको मृत्यु

मंगलबार, १६ कार्तिक २०७८, १२ : २५
6 Shares

बुटवल । लुम्बिनी प्रदेशको दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ घुस्राका २१ वर्षीय समिर चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गयराति गढवा गाउँपालिका–२ महादेवा पुलमा रा १ प ६३४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हु्ँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।