ताजा अपडेट »

ब्राउन सुगरसहित बुटवलका दिपक पक्राउ

मंगलबार, १६ कार्तिक २०७८, १२ : १९
4 Shares

बुटवल । बुटवलमा एक युवा अवैध लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ पवित्रानगरका ३६ वर्षीय दिपक नेपाली रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार साँझ करिब ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।