ताजा अपडेट »

काठमाडाैंबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था

मंगलबार, १६ कार्तिक २०७८, ११ : ४८
8 Shares

काठमाडौं। तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयकानुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे ।

त्यसका लागि काठमाडाैंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने अधिकारीले बताए । परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने उनले बताए ।

उनका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज खोप दिइनेछ । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।