ताजा अपडेट »

‘गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित

मंगलबार, १६ कार्तिक २०७८, ११ : २७
4 Shares

विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् । काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी  मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो । 

कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो । मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनी माथि छ । कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।