ताजा अपडेट »

बर्दघाट नगरपालिकाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

मंगलबार, १६ कार्तिक २०७८, १० : ५४
6 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ.व २०७७।७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिकाले गत आ.व को बित्तिय लक्ष्य र प्रगतीका बारेमा समिक्षा गरिएको थियो ।

बर्दघाट नगरपालिकाले गत अर्थिक बर्षमा १ अर्ब ४ करोड बजेट मा ८२ .०६ प्रतिशत प्रगती गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो सो अवसरमा कृषि शाखा प्रमुख युवराज लम्साल ,स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली , पशुपंक्षी विकास शाखा प्रमुख भरत लम्साल ,शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवर महिला तथा बालबालिका शाखा ,अप्सरा सुवेदी , लेखा शाखा प्रमुख बिष्णु पुरी लगायतले आ, आफ्रना शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या ले नगरमा कुल ७७८ योजनाहरु रहेकोमा उपभोक्ताा समिति बाट ६७८ ठेक्का प्रक्रियाबाट ७० र कोटेशन विधि बाट ३० योजना हरु सम्पन्न् भएको र प्रतिवेदन प्रस्तुत गर्दै चालु खर्च तर्फ ८६.७५ प्रतिशत र पुजिगत खर्च तर्फ ७९.०८ प्रतिशत खर्च भएको बताए । साथै आर्थिक बिकास तर्फ ७८.३१ प्रतिशत , सामाजिक बिकास तर्फ ९५.१८ प्रतिशत , पुर्वाधार विकास तर्फ ७४.०९ प्रसतशत , सुसाशन तथा अन्तर सम्बन्ध्ति क्षेत्र मा ८६.६५ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८७.५३ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा नगरले गत आ.व मा विभिन्न शिर्षक बाट ९ करोड ९४ लाख पुजी सञ्चित भएको र नगरको विभिन्न शिर्षक र समयमा गरी करिब १० करोड बेरुजु रहेकोमा ३ करोड बेरुजू फर्याैट भईसकेको र बाकी बेरुजु कमी गर्ने लक्ष्यका साथ काम भईरहेको बताए । कार्यक्रममा नगर उप प्रमुख मायादेवी पौडेल ,कार्यपालिका सदस्य हरु ,नगरपालिकाका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मी को सहभागिता रहेको कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुष्कर काफ्लेले गरेका थिए।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल