२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

काठमाडौँ । पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रुको यो सङ्ख्या कोभिड–१९ सङ्क्रमणयताकै सबैभन्दा धेरै हो । यसअघिको सेप्टेम्बरको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो । सेप्टेम्बरमा नौ हजार ९८९ विदेशी नेपाल भित्रिएका भिए । तथ्याङ्कअनुसार अक्टोबरमा भारतबाट मात्रै आठ हजार ७३६ नेपाल आएका छन् ।

त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ७११ जना नेपाल आएको तथ्याङ्क छ । तेस्रोमा बेलायतबाट एक हजार ३८१ जना नेपाल आएका छन् । क्षेत्रीय हिसाबले सार्कबाट नौ हजार ४२० जना नेपाल आएकामा एसियाबाट ७३१ जना विदेशी भित्रिएका छन् । युरोपबाट पाँच हजार १९ भित्रिँदा, अमेरिकी मुलुकबाट पाँच हजार २७४ र ओसियना क्षेत्रबाट १५० जना विदेशी नेपाल आएको देखिन्छ ।ु

कोरोना सङ्क्रमणका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रका लागि यो सङ्ख्याले सकारात्मक सङ्केत गरेको बोर्डका निर्देशक मणि लामिछानेले बताए । “सन् २०१९ को अक्टोबरको तुलनामा यो सङ्ख्या निकै कम भए पनि पछिल्ला केही महिनायता विदेशी यात्रुको सङ्ख्या बढ्नुले पर्यटन क्षेत्रका लागि खुद भविष्यको सङ्केत गर्छ,” उनले भने । विदेशी यात्रुका लागि सरकारले ‘अनअराइभल भिसा’ उपलब्ध गराउने आदेश जारी गरेपछि नेपाल भित्रने विदेशीको सङ्ख्या बढेको उनले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणकै कारण नेपालको पर्यटन क्षेत्रले अर्बौं रुपियाँ क्षति बेहोर्नुपरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

विश्वका विभिन्न देशले पछिल्लो समय यात्रा खुकुलो बनाएपछि आवतजावतको क्रम बढ्न थालेको छ । नेपालले पनि विदेशी यात्रुका लागि लगाएको प्रतिबन्ध खुकुलो गर्ने आदेश जारी गर्दै सबै विदेशी यात्रुलाई सर्तसहित ‘अन अराइभल भिसा’ उपलब्ध गराउने बाटो खोलेको हो । पछिल्लो पटक यात्रासँग सम्बन्धित विश्वकै चर्चित कम्पनी लन्ली ट्राभलले नेपाललाई सन् २०२२ मा घुम्नैपर्ने देशको सूचीमा समेत समावेश गरेको छ । यसले विदेशी पर्यटक नेपाल भिœयाउन सकारात्मक सन्देश प्रवाह हुने भन्दै पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नवलपरासीमा एक वर्षमा १८७ वटा सवारी दुर्घटना : ३४ जनाको मृत्यु, २७८घाइते प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर