ताजा अपडेट »

कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

मंगलबार, १६ कार्तिक २०७८, १० : ४२
6 Shares

कपिलवस्तु । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो । भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।