२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो । उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताइन् । 

‘सरोकारवालासँग छलफल गरेर गएको भए गुठी विधेयकमा समस्या आउँदैनथ्यो कि ?’ उनले भनिन्, ‘हामी समन्वय गरेर अघि बढ्छौ । गुठी विधेयकको उद्देश्य राम्रो थियो । तर एकै ठाउँमा सोलोडोलो सबै समस्यालाई मिसाउँदा विवादमा पर्योौ ।’ हिजो आफू राज्य व्यवस्था समितिमा हुँदा मन्त्रीहरूलाई गुठीका बारेमा प्रश्न गर्ने गरेको भन्दै श्रेष्ठले थपिन्, ‘आज म त्यहीँ मन्त्री छु । म गर्ने ठाउँमा छु । सबै प्रयत्न गर्छु ।’

आफू गुठीको समस्यामा केन्द्रीत रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उनले जानकारी गराइन् । यसका लागि आफूले पूर्वमन्त्रीहरु, पूर्वसचिवहरू, डिजीहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने बताइन् । ‘राम्रो काम जसले गरेको छ, स्वामित्व लिएर जान्छु,’ उनले भनिन् ।  यद्पि अहिले संसद अधिवेशन छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने